
पौडी खेल्ने क्रममा बेपत्ता भएका २२ वर्षीय युवा मृत अवस्वामा भेटिएका छन् ।
बिहीबार साथीहरूसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका २२ वर्षीय इथिकल ह्याकर विनित घिमिरे मृत भेटिएका हुन् । शनिबार बेलुका ६ बजेतिर नवलपुरको विनयी त्रिवेणी गाउँपालिका(७ त्रिवेणीधाम नजिकै घिमिरेको शव भेटिएको हो ।
शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार घिमिरे बिहीबार बिहान करिब १० बजेतिर भरतपुर शिव घाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
चितवन भरतपुर १५ मिलनचोक घर भएका घिमिरे बेपत्ता भएको खबर प्राप्त भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन सहितको टोली खोजी तथा उद्धारका लागि खटिएको थियो ।
७० वटा विभिन्न बहुराष्ट्रिय कम्पनी, संस्था तथा विश्व विद्यालयहरुबाट रिवार्ड तथा एक्नलेजमेन्ट पाइसकेका घिमिरे पछिल्लो समय लिपफ्रग टेक्नोलोजी नामक आईटी कम्पनीमा आवद्ध थिए । यूनाइटेड टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विनित फुल स्ट्याक वेब डेभलपर तथा वेब नेटवर्क पेनिट्रेसन टेस्टरको रूपमा समेत सक्रिय थिए ।
यस्तै, लोकदोहारी गायिका दिलमाया सुनारले सामाजिक सञ्जाल फेसबुकमा भावुक बनाउने स्टाटस लेखेको भोलिपल्ट शनिबार बिहान काठमाडौंको तारकेश्वर ११ नेपालटारस्थित कोठामा मृत अवस्थाामा भेटिएकी छिन् ।
