मन्त्री पदबाट दिए प्रेम आले राजीनामा

१२ असार २०७९, आईतवार १४:२०

नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन्।

मन्त्री आलेले ४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री पदबाट दिएको राजीनामा बुझाएका हुन्। माधव नेपाल निकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाएका हुन्।

उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन्। एकीकृत समाजवादीको मन्त्रिपरिषद् हेरफेरबारे असन्तुष्टि जनाएकामध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

यस्तै, शनिवार बेलुका सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री देउवालाई मन्त्री पदमा कायम राख्न अनुरोध गरेको एकीकृत समाजवादीका एक नेताले बताएका छन्। ‘