गायिका दिलमाया सुनारले फेसबुकमा किन यस्तो स्टाटस लेखिन् ? मृत्यु रहस्यम बन्दै

१२ असार २०७९, आईतवार ११:०८

गायिका दिलमाया सुनार मृत अवस्थाामा भेटिएकी छिन् । उनी शनिबार बिहान काठमाडौंको तारकेश्वर ११ नेपालटारस्थित कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।

मृत अवस्थमा भेटिएकी गायिका दिलमायाको घाँटीमा डाम देखिएकोे प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनको हत्या वा आत्महत्या भन्ने भन्नेबारे अनुसन्धानबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

गायिका दिलमाया श्रीमानसँग सम्बन्धविच्छेदपश्चात केही वर्षयता एक्लै बस्दै आएकी थिइन् । दिलमायाले शुक्रबार राति फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको र आफ्नो मृत्युमा कसैलाई दोष नदिन उल्लेख गरेकी छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शुक्रबार साँझ दिलमायाको कोठामा एक व्यक्ति गएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। नाम भने खुलाएको छैन् ।

गयिका दिलमायाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ताकोतस्तै “नमस्कार सबै जनामा रसबै लाई मिठाे सम्झना छ याे जिन्दगिकाे उटाप चाराप धेरै भाेगे तर जब म जान्नि भय अनि म यक्लाे भय र कसै काे माया पाउन जति काेसिस गरे पनि पाउन सकिन तर पनि हार खाईन तर एैले धेरै गाराे भयाे म बाचेर पनि दिन्दिनै मर्न सकिन अामा तिम्रि छाेरि धेरै थाकि छे जिन्दगिकाे माेर धेरै अप्ठेरा अाय पार पनि गरे मैले गरे जसणताे लाग्दैन जाेस्लाई राम्राे गर्छु भनेपनि भयन म काजाउ अामा दुख पाेख्न माई त अाउ भनी तिम्लाई थाछ सबै कुरा भित्र भित्रै माेरेर बाचेछु अामा म नभयर केभाे त 4 बैनि छाेरि अरस छन मन बुजाउनु नरुनु अामा छाेरा तिमी लाई धेरै पढाउनि मन र ठसलाे मान्छे बनाउनि मन थ्याे छाेरा सकिन तिमी जस्रि भयपनि ठुलाे मान्छे बन्नु है म नभय त पनि मेराे अासिर्वद सदै तिमी शीत हुनि छ बैनि हर्ष अामा लाई गालि नगर्नु अामा बाच्दा सम्म मेराे कमि हुन नदिनु मेराे गित जहाँ छ जति छ बजार मा लेई दिनु जस्ले भय पनि र म थाके धेरै थाके अब म बाच्न सक्दिन याे दुनियाँ धेरै सवर्थि छ र म अाफणनाे ईक्क्षा ले याे कदम उचालेकि छु र काेसै लाई दाेस छैन र काेसै ले खाेजि नीति पनि नगर्नु र म लाई पाेटमाडम पनि नगर्नु म शीत पैसा छैन म शीत थाेरै सुन छ त्याे सुन बेचेर पैसा मेराे छाेरा लाई दिनु घर बेटि हरु लाई काेसै ले केई नगर्नु र अरस लाई पनि काेसै लाई केई नगर्नु र मेराे लास जसरि हुन्छ घर सम्म पराई दिनु अपठेराे मा मेराे छाे रालाई हेर्दिन छाेरा चिन्टा नगर्नु है यहि सम्झिनु मेराे अामा सानै मा माेरेकाे हाे भनेर मन बुजाउनुसबै ले मलाई कायर भन्नू हुन्छ हाेला र मलाई बाच्न अति गाराे भयाे कति बेला के हुन्छ थाछैन मेराे जिबन र ”