मन्त्रीहरु हेरफेर गर्ने विषयमा नेता वर्षमान पुन यसो भन्छन्

९ असार २०७९, बिहीबार १२:०२

पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने विषयमा बोलेका छन् ।

नेता पुनले नेकपा एसले मन्त्रीहरु हेरफेर गर्ने विषयमा एक अन्तर्वातामा पत्रकारहरुसंग कुरा गर्दै सो विषयमा बोलेका हुन् । नेकपा एसले मन्त्रीहरु हेरफेर गर्ने विषय पार्टीको आन्तरिक मामिला भएको तर यही मन्त्रीपरिषद्कै सेटले चुनाव गर्दा राम्रो हुने बताएका छन् ।

नेकपा एसले मन्त्रीहहरु हेरफेर गर्ने भएपछि सत्ता गठबनधनमा आबद्ध दलहरुलाई पनि मन्त्रीहरु हेरफेर गर्नुपर्ने दबाब  परेको नेता पुनले बताए । मन्त्रीहरु हेरफेरको विषयमा नेकपा माओवादी केन्द्रमा सामान्य छलफल र अनौपचारिक भेटघाट भएको तर औपचारिक रुपमा एजेण्डा बनाएर छलफल नभएको पनि नेता पुनले बताएका छन् ।

माओवादी एक्लै चुनाव लड्न सक्षम भएको र आफ्नो प्रभाव भएको क्षेत्रमा जित्ने पनि नेता पुनले दावी गरे तर अहिले गठबन्धन एउटा निश्चित एजेण्डा बनेको हुनाले चुनावमा गठबन्धन बनाएर जान आवश्यक भएको बताए ।

प्रदेश र संघको चुनाव ढिलोमा मङ्सिरमा हुनुपर्छ भन्ने छ । किनभने यसअघि मङ्सिरमा निर्वाचन भएको हो । तर कतिपय साथीहरूको फागुनमा कार्यकाल सुरु भएकाले फागुनसम्म लैजाऔँ भन्ने छ । संविधानले संसद्को ५ वर्ष कार्यकाल तोकेको छ । समझदारीमा चुनावको मिति तोकिन्छ । राम्रो र उपयुक्त मिति कात्तिक वा मङ्सिर नै हो । होइन फागुन वा चैत लैजाऔँभन्दा पनि केही आपत्ति छैन । आपत्ति छैन । नेता पुनले भने ।

यस्तै, नेकपा एकीकृत समाजवादीका नेता एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रीबाट बाहिरिने भएपछि नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र पारेका छन्।