रवि लामिछानेको पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी पर्‍यो, उजुरी दिने व्याक्ति को हुन् त ?  

८ असार २०७९, बुधबार १३:२८

मंगलबार मात्रै राष्ट्रिय सभा गृहमा प्रर्व सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी घोषण गरेका थिए । नयाँ पार्टी घोषण गरेको भोलि पल्टै  लामिछानेको पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आयोगमा लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध उजुरी परेको हो । स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो ।

स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै त्यो नाममा पार्टी दर्ता नगर्न माग राखेर स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको बताइएको छ । स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन् ।

यस्तै लामिछानेको नयाँ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले बताएका छन् । चर्चित सञ्चारकर्मी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।