नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व सञ्चारकर्मी रवि लामिछानेको बारेमा टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले पूर्व सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा प्रवेश गरेको बारेमा आलोचनात्मक टिप्पणी गरेका हुन् । उनले रविको नाम उल्लेख नगरिकन सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चितहुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’
पोखरेलको स्टाटसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चाहिँ उनको धारणाप्रति आलोचना गरेका छन् ।
पूर्व सञ्चारकर्मी रवि लामिछाने मंगलबार (हिजो) मात्रै नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका थिए ।
