पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले शुभकामना दिएका छन्।
पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेकामा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले शुभकामना दिएका हुन्। स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले लामिछानेको राजनीतिक यात्राप्रति शुभेच्छा प्रकट गरेका हुन्।
मिश्रले आफूले गरेका गल्तिबाट सिक्न लामिछानेलाई आग्रह गरेका छन्। लामिछानेलाई आफूले सानैदेखि चिनेकाले ‘तिमी’ भनेर सम्बोधन गरेको उल्लेख गरेका छन्। ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु,’ मिश्रले भनेका छन्।
तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।
