बैंकहरुको खराब कर्जा एकाएक बढेको छ । बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार औसतमा खराब कर्जा १।२६ प्रतिशत छ । केही बैंकहरुको खराब कर्जा चैत मसान्तमा नै बढेको थियो ।
असार मसान्तको वित्तीय विवरण प्रकाशित हुने बेला खराब कर्जा २ प्रतिशत बिन्दु हाराहारी पुग्ने अनुमान बैंकरको रहेको छ ।
‘राष्ट्र बैंकले पछिल्ला केही दिनहरुमा प्रोभिजन गर्न भनेको तथा ब्यालेन्ससिटमा कडाइ गर्ने हुँदा खराब कर्जा बढ्ने पक्का छ,’ एक बैंकका सीइओले भने ।
बैंकरहरु यो वर्षकाजसमा सबैभन्दा बढी सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक ३।०७ प्रतिशत छ भने सबैभन्दा कम नेपाल एसबिआई बैंकको ०।१४ प्रतिशत छ ।
११ वटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ भने १ प्रतिशतभन्दा बढी रहने बैंकको संख्या १६ छ ।
नेपाली बैंकहरुले खराब कर्जा लुकाउने गरेको आरोप जहिले पनि लाग्दै आएको छ । दक्षिण एशियामा सबैभन्दा कम खराब कर्जा हुनेमा नेपालका बैंकहरु पर्छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले नेपाली बैंकहरुले खराब कर्जा लुकाएको तथा ‘इभरग्रिनिङ’ गरेको बताउने गरेको छ । बैंकरहरु भने दक्षिण एशियाका अन्य देशमा प्रोजेक्ट फाइनान्स हुने भएको र नेपाली बैंकहरुले धितोमा आधारित ऋण दिने हुँदा तुलना गर्न नमिल्ने बताउँदै आएका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख मसान्तसम्म ४७ खर्ब २४ अर्ब रुपैयाँ ऋणमा ६६।८५ प्रतिशत हिस्सा घरजग्गा धितोमा ऋण दिएका छन् । ३१ अर्ब ५८ अर्ब रुपैयाँ ऋण घरजग्गा धितोमा गएको छ । घरजग्गा धितोमा नै ऋण गएको भएपनि तरलता अभावको कारण लिलामीमा लगेको धितो बिक्री नहुँदा खराब कर्जा बढ्ने सम्भावना देखिएको हो ।
नेपाल बैकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बैंकहरुको खराब कर्जा बढ्ने देखिएको बताउँछन् ।
‘८ प्रतिशत ब्याजदरमा लिएको ऋण १२ देखि १३ प्रतिशतसम्म पुग्न लागेको छ, यसले नियमित आम्दानी हुनेले बैंकको ईएमआई तिर्न कठिन हुन्छ र खराब ऋणी बढ्ने देखिएको छ,’ दाहालले भने ।
