संघीय र प्रदेश सभा चुनाव छ महिनाभित्र हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
सत्ता गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने आज काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले बताएका हुन्।
गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्नेछ,’ उनले भने, ‘छ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई आधार मानेर चुनावको तयारी छ। अहिलेदेखि नै चुनावबारे तयारी गर्नुपर्छ। गठबन्धन गर्ने भएकोले सिटबारे पनि छलफल गर्नुपर्नेछ।’
उनले आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग पनि छलफल गरिएको बताए। कमजोरीका समीक्षा गर्दै मिलेरै अगाडि बढ्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको उनले बताएका छन्।
उनले स्थानीय तह चुनावमा गठबन्धन गरेर नै महानगरमा पार्टीका उम्मेदवार जितेको बताएका थिए। यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेविरोध उजुरी परेको छ । मन्त्री आलेले अश्लिल शब्द बोलेको र कर्मचारीलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको विषय सार्वजनिक भएपछि कारवाही गर्न माग गर्दै संघीय संसद सचिवालयमा मन्त्री आलेविरुद्ध उजुरी परेको हो।
