कसरी भयो वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु ?

४ असार २०७९, शनिबार १६:३७

वडाध्यक्ष मनबहादुर घर्ती मृत फेला परेका छन्। जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष घर्ती मृत फेला परेका हुन्।

शुक्रबार राति घरमै सुतेका वडाध्यक्ष घर्ती शनिबार बिहान मृत अवस्थामा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिएका छन् ।
घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए।
मृतक वडाध्यक्ष घर्ती गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।