तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामनत्री इश्वर पोखरेलको स्वीकृतीमा स्टेट पार्टनरशीप प्रोग्राम ( एसपीपी ) लाई चिठ्ठी लेखिएको नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बताएका छन् ।
प्रधान सेनापति शर्माले शुक्रबार प्रतिनिधी सभाको अन्तर्राष्ट्रिय समितिको बेठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै यस्तो बताएका हुन् । उनले भने, ‘उक्त कृयाकलाप गर्दा नेपाल सरकारका रक्षामन्त्री र प्रधानमन्त्रीज्यूको स्वीकृति लिएर लेखिएको हो । यो त्यसै लेखिएको हाइन ।’
यस्तै तत्कालीन रक्षा मन्त्री पोखरेलले सो पत्र लेखिएको विषयमा त्यो बेला आफूलाई जानकार नभएको बताएका छन् ।
