संसद विघटन गर्नेलाई देश निकाला गर्ने व्यवस्था हुन्छ कि हुँदैन ? : सांसद अमनलाल मोदी

२ असार २०७९, बिहीबार १७:३८

दुई– तीन पटक संसद विघटन गर्नेलाई देश निकाला गर्ने गरिएको भन्दै नेपालमा त्यस्तो व्यवस्था हुन्छ कि हुँदैन भनेर माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रश्न उठाएका छन्।

प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गरेर बिहीबार अर्थमन्त्रालयको बजेटमाथि छलफल गर्ने क्रममा मोदीले यस्तो प्रश्न गरेका हुन।
अन्य संसारको उदारण हेर्दा दुई–दुई पटक, तीन–तीन पटक संविधान उल्लघंन गरेका कयौं त्यस्ता दलहरुलाई जनताले त बहिस्कार गर्छ, गर्छ देश निकाला गर्छन। उहाँहरुलाई त धन्न देश निकाला गरेन। त्यो व्यवस्था हुन्छ कि हुँदैन ?,’ मोदीले भने।

उनले ९ महिना संसद विघटन गरेको र ९ महिना संसद अवरुद्ध गरेको भन्दै त्यसको तलब भत्ता लिएको छ कि छैन भनेर समेत एमाले सांसदहरुलाई प्रश्न गरे। मोदीको प्रश्न छ, ‘९ महिना संसद विघटन भयो। ९ महिना संसद विघटन गर्दा उहाँहरुले तलव भत्ता लिनु भयो कि भएन ? त्यसपछि ९–९ महिना संसद अवरुद्ध गर्नु भयो त्यसको तवल भत्ता लिनु भयो कि भएन ?’

यस्तै, विपक्षीहरुले केही गर्न नसक्ने भएपनि पार्टीभित्रैबाट ‘शकुनीहरु’ निस्किएका पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भृकुटीमण्डपमा आयोजित कार्यक्रममा एमालेका अध्क्षय केपी शर्मा ओली ले टिप्पणी गरेका छन्।