प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी बारे संसदलाई जानकारी गराउनुपर्छ: गगन थापा

१ असार २०७९, बुधबार १३:०८

अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई जानकारी गराउनुपर्ने नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले बताएका छन् ।

रक्षमन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले संसदलाई जानकारी दिनुपर्ने प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद थापाले बताएका हुन् । मिडिया र संसदमा एसपीपी बारे कुरा उठिसकेपछि संसदलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

अमेरिकाले हस्तान्तरण गरेको १० बुँदे एसपीपी मस्यौदा सार्बजनिक भएपछि अहिले यस बारेमा बहस शुरु भएको छ ।
अमेरिकाले पहिलो पटक सन् २०१५ मा एसपीपी कार्यक्रममा सहभागी हुन नेपाललाई अनुरोध गरेको थियो । त्यसपछि एसपीपीबारे दुई देशबीच छलफल हुन सकेको थिएन । दुई महिना अघि अमेरिकी उच्च सैनिक अधिकृतले नेपालको भ्रमण गर्दा एसपीपी सम्झौताको मस्यादै नेपाललाई हस्तान्तरण गरेपछि पुनः यसबारे बहस सुरु भएको हो ।

यस्तै अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेपछिको प्रभाव देखिन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले एमसीसी पारित गरेपछिका प्रभाव देखिन थालेको बताएका हुन् ।