सेयरबजारमा गिरावट, दुई कम्पनीका लगानीकर्ताले मात्रै कमाए

२६ जेष्ठ २०७९, बिहीबार १७:३९

सेयरबजारमा आज गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.५८ अंकले र सेन्सिटिभ सूचक ३.९९ अंकले घटेको हो।

आजको कारोबारमा २२९ कम्पनी सामेल भएका छन्। तिनीहरुको १ अर्ब ४७ करोड रुपैयाँको ४१ लाख कित्ता बिक्री भएको हो।

बिहीबार १३ वटै उपसूचक राताम्य छन्।

आज उपकार लघुवित्त र बलेफी हाइड्रोका सेयरधनीले १० प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले औसत दरमा आम्दानी गरेका छन्।

लगानीकर्ताले बिहीबारको कारोबारमा ६.६१ प्रतिशतसम्म गुमाउनुपरेको छ।

आज कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ। यसमा ६ करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो।