काठमाडौंको फोहोर विसर्जन गर्न स्थानीयले आज पनि अवरोध गरे

२५ जेष्ठ २०७९, बुधबार ११:११

काठमाडौं महानगरपालिकाले जनाए अनुसार बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न स्थानीयले आज पनि अवरोध गरेका छन्।

स्थानीयले आज पनि फोहोर फाल्न रोकेकोमहानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’

फोहोर विसर्जन गर्न स्थानीयवासीसँग समन्वय नगरेको भन्दै हिजो पनि स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए ।