भरतपुर महानगरको कार्यपालिका सदस्यमा गठबन्धनबाट विजयी हुने आठजना को को हुन् ?

२४ जेष्ठ २०७९, मंगलवार १७:३३

पाँचदलीय गठबन्धनका सबै उमेदवार भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा विजयी भएका छन् ।

तीन जना अल्पसंख्यक तथा दलित सदस्य र पाँच महिला सदस्य गरी जम्मा आठ जना नगर कार्यपालिका सदस्यका लागि निर्वाचन भएको थियो ।
महिला सदस्यमा नेपाली कांग्रेसकी सिर्जना अधिकारी, नर्वदा सापकोटा, सुकमाया परियार, शारदा पोख्रेल र माओवादी केन्द्रकी विना नेपाली निर्वाचित भएका छन्।

अल्पसंख्यक र दलिततर्फ कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र एकीकृत समाजवादीकी कोपिला उपरकोटी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए । नगर कार्यपालिकाको निर्वाचनमा एमालेका कुनै पनि उमेदवार निर्वाचत हुन सकेनन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।जसमध्ये नेपाली कांग्रेसबाट ७७, एमालेबाट ५०, माओवादी केन्द्रबाट १०, एकीकृत समाजवादी पार्टीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एकजना स्वतन्त्रबाट निर्वाचित भएका थिए। तिनै जनप्रतिनिधिले मंगलबार नगर कार्यपालिकाको निर्वाचनमा मतदान गरेका थिए।

यस्तै नवलपरासी पश्चिम जिल्ला अदालतको सडकमा गोली चलाउने व्यक्ति मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।