फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
काठमाडौंबाट फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा फोहोर बोकेको टिपरलाई स्थानीयले रोकेपछि बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका प्रतिनिधिबीच सोमबार भएको सहमतिलाई लत्याउँदै स्थानीयहरुले विर्सजनमा रोक लगाएपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।
सोमबार गरेको सहमति स्थानीयले अस्वीकार गरेपछि महानगरपालिकाले आज प्रहरी लगाएरै भएपनि फोहोर बिर्सजन गर्न खोज्दा झडप भएको स्रोतले जनाएको छ ।
जनप्रतिनिधिले गरेको हस्ताक्षर चित्त नबुझेको भन्दै स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको हो । झडपमा १४ जना स्थानीय घाइते भएका छन् ।
स्थानीयले गुठीको जग्गा ९० प्रतिशत स्थानीयलाई उपभोग गर्न दिनुपर्ने, ५१ अर्ब मुआब्जा तिर्नुपर्ने, नाष्टको टोलीले छिट्टै दुर्गन्धमुक्त बनाउनुपर्ने माग गरेका छन् ।
हिजो सहमति हुँदा फोहोर प्रभावित क्षेत्रका जायज माग पुरा गर्ने मन्त्रालय र महानगरको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको थियो ।
