बजेटको जवाफ मन्त्रीले दिने होइन, सरकारले दिने हो: डा.बेदुराम भुसाल

२४ जेष्ठ २०७९, मंगलवार ०९:३६

नेकपा एकीकृत समाजवादी पाटीले मन्त्री हेरफेर गर्ने निर्णय बदल्न नसक्ने पाटीका महासचिव डा.बेदुराम भुसालले बताएका छन् ।

डा.भुसालले पाटीले मन्त्री हेरफेर गर्ने निर्णय बदल्न नसक्ने प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासंगको अन्र्तवार्तामा बताएका हुन् ।
डा.भुसालले भने, “हामीले मन्त्री नियुक्ति गर्दा नै ६ महिनाका लागि प्रस्ट भनेका हौं । स्थानीय तहको चुनावपछि गरौंला भनेर दुई महिना रोकिएको हो । यो खासै नयाँ कुरा होइन । मन्त्रीले काम गर्न पाएनौं वा बजेट सेसन चलिरहेको छ भन्ने पनि अवस्था होइन । एउटा सरकारले बजेट ल्याउँछ, अर्को सरकारले खर्च छ । बजेटको जवाफ मन्त्रीले दिने होइन, सरकारले दिने हो । एउटा मन्त्रीको जवाफ अर्को मन्त्रीले दिने चलन पनि छ । यस कारण पार्टीले आफ्नो निर्णय बदल्न सक्ने अवस्था छैन । हामीले जे निर्णय गरेका छौं, त्यसमा अडिग छौं ।”

महासचिव डा. भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेरबदलमा असन्तुष्टि नजनाएको पनि बताए । “नेकपा (एकीकृत समाजवादी)को निर्णयमा प्रधानमन्त्रीले यताउति गर्नुपर्ने, मन्त्रीले नमान्नुपर्ने कुनै कुरा छैन । डा. भुसालले भने ।