सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थाल्यो

२३ जेष्ठ २०७९, सोमबार १६:१०

काठमाडौं महानगरपालिकाले उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ ।

सडकमा थुप्रिएर फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालिएको हो ।
सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याक्टरले केमिकल छर्किएको थियो ।

काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।
सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् । उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह सिसडोल नै पुगेका थिए ।

छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका छन्। ल्यान्डफिल्ड साइटको अवरोधका कारण सडकमै फोहोर थुप्रिएको काठमाडौँ महानगर वडा नम्बर १६ का वडा अध्यक्ष रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका हुन्।