एमालेले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको लागि सिफारिस गरिएको प्रति एमालेका नेता भीम रावलले आपत्ती जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सोमवार बिहान उनले लेखेका छन्,‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ।’
उनले देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको भन्दै यसका लागि आगामी चुनाव जित्नुपर्ने समेत जनाएका छन् ।
नेता भीम रावल नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन। अछाम १ बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए।
