माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पार्टी पङ्क्तिलाई जानकारी गराएका छन्।
आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि विकसित पछिल्लो राजनीतिको बारेमा जानकारी गराएका हुन्। उनले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताए। उनले कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको पनि जानकारी गराए।
बैठकमा प्रचण्डले अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने भनेको एक माओवादी नेताले जानकारी दिए ।स्थानीय निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णता दिने, सरकारले हालै ल्याएको बजेटबारे छलफल गर्न बैठक बसेको हो। बैठकमा प्रचण्डले गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको, कतिपय पार्टीमा विभाजनको खतरा देखिएको र यो आफ्नो पार्टीका लागि अवसर हुनसक्ने तर्क गरेका छन्।
नेकपा एमालेले स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम नआएपछि एमालेभित्र खतपत भएको प्रचण्डको भनाइ छ।
