बालेन र सुनिताले गरे सिसडोल बासीहरुलाई यस्तो आग्रह

२२ जेष्ठ २०७९, आईतवार १४:३५

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्न लागिपरेका छन् ।

उनीहले विभिन्न पाटीका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली, नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसंग भेटेका छन् ।

केही दिनअघि सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पुगेर उनीहरुले फोहोर व्यवस्थापन र चुनौतीबारे जानकारी लिएका थिए। मेयर बालेनले एक हप्ताभित्र सिसडोलमा फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्ने बताएका थिए। साथै, स्थानीयको माग सम्बोधन गर्ने वाचा गर्दै उनले फोहोर फाल्न दिन आग्रह गरेका थिए।

‘म आएको चार दिन भयो। मलाई काम गर्न दिनुस्’ उनले भनेका थिए। उनले काठमाडौंबाट नै फोहोर छुट्याएर पठाउन जनचेतना फैलाउ पर्ने, फोहोरबाट मोहोर बनाउने लगायतका योजना समेत सुनाएका थिए।

बालेन र सुनिताले पदभार ग्रहण गरेसँगै भएको काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा पनि फोहोरको मुद्दाले प्राथमिकता पाएको थियो। तर, स्थानीयको माग र अवरोधका कारण ल्यान्डफिल साइटमा फोहोर फाल्न सकिएको छैन।

बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बाट निर्वाचित बनेका हुन् भने सुनिता डंगोल एमाले बाट उपमेयरमा निर्वाचित बनेकी हुन् ।