रुपन्देहीमा बस दुर्घटना हुदा मृत्यु भएका सबैको सनाखत

२२ जेष्ठ २०७९, आईतवार १३:४१

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु भएको छ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३३ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका हुन् ।

उक्त बसमा परी मृत्यु हुने र घाइते भएकाहरुको नामवली

मृतकको नामावली

१. रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे।
२. रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ बस्ने ३७ वर्षीया तुल्सी बस्याल।
३. रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ योगिकुटी बस्ने ५६ वर्षीय विष्णु पौडेल।
४. रौतहटको चन्द्रनिगाहपुर बस्ने २० वर्षीय दिनेश दास।
५. रुपन्देहीको बुटवल उपमहानगरपालिका-११, कालिकानगर बस्ने ४८ वर्षीय कृष्णप्रसाद बस्याल।
६. भारतको जनकपुरग्राम बस्ने ४० वर्षीय अरबिन्द्र शर्मा।
७. हाल नामथर वतन नखुलेको अन्दाजी ३०-३५ वर्षीय पुरुष।
८. हाल नामथर वतन नखुलेका अन्दाजी ४०-४५ वर्षीय पुरुष।
९. हाल नामथर वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष।

घाइतेको नामावली
१. धनुषाको हंसपुर नगरपालिका-३ बस्ने १८ वर्षीय मुफिद मन्सुरी।
२. बाराको जितपुर सिमरा उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय रोहन चौधरी।
३. बाराको जितपुर सिमरा उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय सतेन्द्र चौधरी।
४. बाराको जितपुर सिमरा उपमहानगरपालिका-१३ बस्ने १५ वर्षीय बरुण चौधरी।
५. सिराहाको सिराहा नगरपालिका-९ बस्ने ३१ वर्षीय राकेश कुमार दास।
६. कपिलबस्तुको बाणगंगा नगरपालिका-५ बस्ने २९ वर्षीय तुलसीराम चौधरी। (सह-चालक)
७. धनुषाको जनकपुर उपमहानगरपालिका-२२ बस्ने ३९ वर्षीय बिनोद मुखिया।
८. रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ का २८ वर्षीय रियाज जुल्लाह मुसलमान।
९. रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बस्ने १६ वर्षीय सहेजाद मुसलमान।
१०. रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ शंकरनगर बस्ने ३६ वर्षीय सुमन क्षेत्री। (बस चालक)
११. रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-३ बस्ने २० वर्षीय राजेश यादव।
१२. रौतहट बस्ने २२ वर्षीय वकिल दास हात।
१३. भारतको जनकपुरग्राम बस्ने २८ वर्षीय गौरव सिंह।
१४. झापा बस्ने ६० वर्षीय जयाप्रसाद चापागाई।
१५. झापा बस्ने ५६ वर्षीय तुलसा चापागाई।
१६. भारतकी ३२ वर्षीया सीता शर्मा।
१७. भारतको  ५ वर्षीया सन्दीपा शर्मा।
१८. भारतका ४ वर्षीय यश शर्मा।
१९. धनुषाको जनकपुर बस्ने ३५ वर्षीया अञ्जली कामी।
२०. रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ बस्ने २२ वर्षीय बिपिन बस्याल।
२१. सिराहाको सिराहा नगरपालिका-९ बस्ने ३१ वर्षीय राकेशकुमार दास।
२२. रौतहटको श्रीनगर बस्ने २२ वर्षीय रामजनम दास।
२३. धनुषाको जनकपुर बस्ने २२ वर्षीया रिंकी यादव।
२४. महोत्तरी बस्ने २९ वर्षीय साबिर अन्सारी।

उक्त बसमा ३३ जना यात्रु सवार थिए । ३३ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।