उच्च अदालत पोखराले किन शाहलाई रिहा नगर्न आदेश दियो ?

२० जेष्ठ २०७९, शुक्रबार १६:५०

उच्च अदालत पोखराले अभिनेता पल शाहलाई रिहा नगर्ने आदेश दिएपछि शुक्रबार राजधानीमा  शाहलाई  रिहाइ गर्न माग गर्दै प्रदर्शन भएको छ ।

शाहका फ्यानहरुले न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका शाह हाल थुनामै छन् ।

अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।