एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटा किन द्वविविधामा परे ?

१९ जेष्ठ २०७९, बिहीबार १६:२०

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वविविधामा परेको बताएका छन्।

आजको प्रतिनिधि सभामा बजेट सम्बन्धी छलफल बैठकमा सहभागी भएका उनले उक्त कुरा बताएका हुन्।
उनले भनेका छन् ,‘बजेटमा प्रभाकर सुन्दा कता–कता समाजवाद सुनिन्छ, जनार्दन सुन्दा बजेटमा नवउदारवाद देखिन्छ। साँचो के हो? म द्वविविधामा परेँ।’

त्यस्तै उनले गतसाल आफैंले ल्याएको श्वेतपत्र पढ्न सुझाएका छन्। उनले भने, ‘२०७८ साउन २६ गते श्वेतपत्र जारी गर्दा कोषको अवस्थामा ध्यान नदिई बजेट निर्माण गरेका कारण बजेटको विश्वसनियतामा प्रश्न उठ्ने गरेको छ र क्षमतामा मेल नखाने प्रचारात्मक बजेट आएको छ। साथै आकारमा काफी वृद्वि भएको छ। गतसाल उहाँले बजेट प्रस्तुत गर्दैगर्दा जनार्दन शर्मा भएर गर्‍या हो कि प्रभाकर भएर गरेको हो ?’

विहीबारको प्रतिनिधि सभामा बजेट सम्बन्धी छलफल बैठकमा उनी सभागी भएका थिए ।