मन्त्री पम्फा भुसालको मोतीविन्दुको सफल शल्यक्रिया गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको हो।
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उनको दाँहिने आँखाको बुधबार शल्यक्रिया गरिएको हो। उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गरेका हुन्।
चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छन्। यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तत्काल वाम एकता सम्भ नभएको बताएका छन् ।
