एमाले कास्कीले तीन जना कार्यकर्ता को को लाई कारबाही गर्‍यो ?

१८ जेष्ठ २०७९, बुधबार १७:२०

पालिका चुनावका बेला अन्तर्घात गरेको आरोपमा तीन जना कार्यकर्तालाई नेकपा एमाले कास्कीले कारबाही गरेको छ ।

चुनावका बेला सार्वजनिक भएको अडियोबारे अनुसन्धान गरेर त्यस अडियोले पार्टी पराजयमा सहयोग गरेको भन्दै उनीहरूलाई कारबाही गरेको जनाएको छ । ३३ नम्बर वडाका उपाध्यक्ष महेश अर्याल, सङ्गठित सदस्य मनोज पहारी र प्रशान्त आचार्यलाई जिम्मेवारीबाट हटाइएको एमाले कास्कीले जनाएको छ ।

यस्तै एमालेको प्यानल नै पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा विजयी भएका छन् । कार्यपालिका सदस्यमा आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा महिला तर्फबाट धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा र दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् ।