गाउँपालिकाका अध्यक्षले गाउँपालिकाको गाडी स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएका छन् ।
जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गाउँपालिकाको गाडी स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएका हुन् । एम्बुलेन्सको व्यवस्था नहुँदासम्म गाउँपालिकाको गाडी स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएका हुन् ।
गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढाले गाउँपालिकाको गाडी एम्बुलेन्स नआउँदासम्म बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको बताए । ‘गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छैन । बजारदेखि गुठीचौर गाउँपालिका टाढा छ । त्यसैले गम्भीर खालका बिरामीको सहजताका लागि गाउँपालिकाको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ,’ उनले भने । उनले गाउँपालिकाले तत्काल एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाउन लागेको पनि बताए ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी बडिमालिका शक्तिपीठ दर्शनका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी छन्। अनौपचारिक भ्रमणको सिलसिलामा हिजो मंगलबार काठमाडौँबाट सुर्खेत पुगेकी भण्डारी आज बाजुरास्थित बडिमालिका शक्तिपिठ पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
