बडिमालिका शक्तिपीठको दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान बाजुरा पुगेकी छन् ।
राष्ट्रपति भण्डारी बडिमालिका शक्तिपीठ दर्शनका लागि (बुधबार) आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी हुन्। अनौपचारिक भ्रमणको सिलसिलामा हिजो मंगलबार काठमाडौँबाट सुर्खेत पुगेकी भण्डारी आज बाजुरास्थित बडिमालिका शक्तिपिठ पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
राष्ट्रपति भण्डारी (मंगलबार) हिजो सुर्खेत पुगेर नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्। उनले हिजो दिउँसो सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। राष्ट्रपति भण्डारी भ्रमण सकेर आज दिउँसो तीन बजेतिर काठमाडौँ फर्किने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीले बताएका छन्।
यस्तै स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिलाई बुधबारदेखि सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रशिक्षण दिँदै छ। सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट दिने प्रशिक्षणको नाम ‘स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखिकरण कार्यक्रम’ राखिएको हो । उक्त प्रशिक्षण कार्यक्रम दुई दिन चल्ने माओवादी केन्द्रले जनाएको छ।
