एमालेका सांसद कृष्णप्रसाद दाहाल किन असन्तुष्टि भए अर्थमन्त्री प्रति ?

१७ जेष्ठ २०७९, मंगलवार १५:३८

एमालेका सांसद कृष्णप्रसाद दाहालले कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घट्दो मुद्रा संचितिलाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम बजेटमा नभएको उल्लेख गरे । सांसद दाहालले बजेटले वैदेशिक मुद्राको संचिति, आन्तरिक सन्तुलनमा पनि ध्यान दिन नसकेको बताए ।

सांसद दाहालले कर्जा प्रवाहले उत्पादकत्व नबढाएको उल्लेख गर्दै त्यसको प्रयोगबारे अनुसन्धान गर्ने कार्यक्रम समेत बजेटमा समावेश नगरिएको बताए ।
यस्तै एमाले सचिव योगेशकुमार भट्टराईले पनि आर्थिक वर्ष २०७९०८० को अनुमानित आयव्यय विवरणमा शिक्षा र स्वास्थ्य क्षेत्रका बजेट नबढाएको भन्दै आपत्ति जनाएका छन्।