नेता झलनाथ खनाल र रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटमा के कुरा गरे ?

१७ जेष्ठ २०७९, मंगलवार १२:०९

पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभबीच भेट भएको छ ।

उनीहरु बीच भेटवार्ता खनाल निवास डल्लुमा आज बिहान भएको हो । भेटमा राजदूत नोभिकोलाई स्वागत गर्दै नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो समयदेखि राम्रो सम्बन्ध भएको र अझै विकास हुने विश्वास व्यक्त गरे।

भेटको क्रममा दुई देश बिचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । सो भेटको अवसरमा राजदूत नोभिकोले आगामी दिनमा नेपाल र रुसको सम्बन्ध अझ प्रगाढ हुनेमा विश्वास व्यक्त गरेको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।