एमालेले आर्थिक वर्ष २०७९ र ८० को बजेटबारे संसदीय दलको बैठकमा के छलफल गर्‍यो ?

१६ जेष्ठ २०७९, सोमबार १५:४५

नेपाल कमनिष्ट पाटी एमालेले आर्थिक वर्ष २०७९ र ८० को बजेटबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज दिउँसो ३ बजे बैठक बसेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

आइतबार आगामी आर्थिक वर्षको बजेट आएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । यो बैठकमा बजेटको विषय र स्थानीय तह निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । यसअघि एमालेका नेताहरुले बजेटको आलोचना गरेका थिए ।

यस्तै अर्काे प्रसङग आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडान भरेको ९ एन एईटी जहाज बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

उक्त सम्पर्कविहीन भएको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ स्थित पटकेलेक, सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा जहाज भेटिएको हो । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव संकलन भइरहेको छ ।