नकपा एमालेका नेता महेश बस्नेतको सफलतापूर्वक शल्यक्रिया भएको छ ।
नेता बस्नेतको पित्तथैलीमा देखापरेको पत्थरीको सफलतापूर्वक शल्यक्रिया भएको हो। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सोमबार बस्नेतको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको उनको सचिवालयले जनाएको छ ।
चिकित्सकको सल्लाह अनुसार बस्नेतलाई हाल भेटघाटमा रोक लगाएको सचिवालयले जनाएको छ । सन् २००८ मा उनी युथ फोर्स नेपालका अध्यक्ष र सन् २००९ मा उनी युवासंघको अध्यक्ष भए । भक्तपुर जिल्ला क्षेत्र २ बाट उनले सन् २०७० सालको चुनाव हारेका थिए ।
