पोखराबाट जोमसोमका लागि उडान भरेको र आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
सिलवालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको तस्वीरमा विमान पहाडमा बज्रिएर टुक्राटुक्रा भएको देखिएको छ। प्रवक्ता सिलवालका अनुसार सेनाको खोजी तथा उद्धार टोली घटनास्थलमा परिचालन भइसकेको छ। विमानमा सवार यात्रुहरुबारे विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ।
आइतबारे दिनभरको खोजी प्रयास मौसम खराबीका कारण असफल भएपछि आज विहानै नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको थियो। आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो।
नाइन एन ए इटी कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ। जसमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन्। यस्तै गोरखाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन्।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ।
यस्तै उक्त जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ। जसमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन्।

