यस्तो छ मन्त्रालयगत बजेट ! (सुचीसहित)

१६ जेष्ठ २०७९, सोमबार ०७:०५

आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ । कृषि क्षेत्र तथा भौतिक योजनाका क्षेत्रलाई महत्वमा राख्दै बजेट सार्वजनिक गरेको हो ।

सरकारले कुल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेकोमा मन्त्रालयगत र क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको छ ।

यस्तो छ मन्त्रालयगत बजेट
-कृषि विकास तथा पशुपन्छी मन्त्रालय ५५ अर्ब ९७ करोड

-उद्योग वणिजय तथा आपूर्ति मन्त्रालय १० अर्ब ४८ करोड

-संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय

-पर्यटन क्षेत्र ९ अर्ब ३८ करोड र हवाई पूर्वाधारको लागि १२ अर्ब २४ करोड

-भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय ७ अर्ब ४ करोड

-वन तथा वातावरण मन्त्रालय १३ अर्ब

-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय९ अर्ब १३ करोड

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ६९ अर्ब ३८

-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ७० अर्ब ५ करोड

-खानेपानी तथा सरसफइ मन्त्रालय ३७ अर्ब ३५ करोड

-युवा तथा खेलकुद २ अर्ब ४६ करोड

-महिला तथा बालबालिका १ अर्ब ७७ करोड

-भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय १ खर्ब ६१ अर्ब ५६ करोड

-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

-ऊर्जा विकास ७५ अर्ब १० जलस्रोत तथा सिंचाई मतर्फ ३३ अर्ब ५० करोड

-सूचना तथा सञ्चार मन्त्रालय ८ अर्ब ५९ करोड

-सहरी विकास मन्त्रालय ३७ अर्ब ७३ करोड