प्रदेश र प्रतिनीधिसभाको निर्वाचानमा पनि सत्ता गठबन्धन अझ सशक्त तवरले अगाडि बढने पाटीका शीर्ष नेताले जनाएका छन् ।
स्थानयि तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरु बीच तालमेल भएपछि नेकपा एमाले पहिलो दलबाट दोस्रो दल बनेको छ ।
स्थानीय तहको निर्वाचनबाट यसप्रकारको प्रभाव परेपछि प्रदेश र प्रतिनीधिसभाको निर्वाचानमा पनि सत्ता गठबन्धन अझ सशक्त तवरले अगाडि बढने देखिएको छ ।
तालमेलका भएपछि नेपाली कांग्रेले प्रमुख र अध्यक्ष गरी ३२५, माओवादी केन्द्रले १२१ , जनता समाजवादीले ३०, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले ३ स्थानीय तहमा जित निकालेका छन् । पाँच दलबीच औपचारिक रुपमा २१६ स्थानमा तालमेल भएको थियो । प्रदेश र संघको निर्वाचनमा गठबन्धनलाई अगााडि बढाउने मजबुत आधार स्थानीय तहको निर्वाचनले दिएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत बताएका छन् ।
तालमेलले कांग्रेसको सिट बढेको विषयमा पार्टीभित्र फरक फरक दृष्टिकोण देखिएको छ । संस्थापनइतरको नेतृत्व गरिरहेका नेता डा शेखर कोइरालाले जेठ ७ मा विराटनगरमा बोल्ने क्रममा तालमेलले कांग्रेसको सिट गुमेको बताएका थिए ।
