गरुडा नगरपालिकामा एमालेका मेयरको उम्मेदवार विजय भएका छन् ।
रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवार बीच कडा प्रतिस्पर्धा भएको थियो । कडा प्रतिस्पर्धाको बीच एमालेका उम्मेदवार कन्थमनी प्रसाद कलवार ३८ मतको अन्तरले गरुडा नगरपालिकाको मेयरमा विजय भएका छन् ।
गरुडा नगरपालिकाको मेयरमा निर्वाचित भएका कलवारले कुल ४ हजार ५६३ मत प्राप्त गरेका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार वृजकिशोर यादवले कुल ४ हजार ५२५ मत प्राप्त गरेका थिए ।
यस्तै काँग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरी निर्वाचित भएकी छिन् । चौधरी कुल ६ हजार ७०३ मत प्राप्त गरेर उपमेयरमा विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी बिन्दु देवीले ४ हजार ४७७ मत प्राप्त गरिन् ।
