दोहोरो अंकले वृद्धि भएको नेप्सेमा आज के होला ?

१२ जेष्ठ २०७९, बिहीबार ०६:५६

सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारको विषय उल्लेख हुँदा बजार सूचक नेप्से दोस्रो दिन पनि दोहोरो अंकले बढेको छ ।

यसअघि निरन्तर घट्दो क्रममा रहेको नेप्से सरकारको नीति तथा कार्यक्रमका कारण मंगलबार १४.३७ अंकले बढेर २२३१.५७ बिन्दुमा आइपुगेको छ ।

यो दिन २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर २२ हजार ३१ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कारोबारमा आएका सबै उपसमुहगत सूचकमा हरियाली छाउँदा ब्यापार र निर्जीवन बीमा करि साढे १ प्रतिशतले बढेको छ । बाँकी एक प्रतिशतभन्दा कम सुधारिएका छन् ।

यो दिन अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ३४ लाख ८ हजार रुपैयाँ बराबरको १ लाख ५७ हजार १६७ कित्ता सेयर खरीद बिक्री भएको छ ।

अरुण काबेली हाइड्रोपावर ४ करोड ७१ लाख ६८ हजार र नबिल बैंक ३ करोड ४४ लाख ८५ हजार सहित क्रमशः कारोबार रकमको आधारमा दोस्रो र तेस्रो स्थानमा छन् ।

अरुण भ्याली, अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र जाल्पा लघुवित्तको २ करोड बढीको सेयर कारोबार भएको छ ।