कांग्रेसका महर्जन र एमालेकी शाक्य ललितपुर महानगरको मेयरमा र उपमेयरमा विजयी

१० जेष्ठ २०७९, मंगलवार १९:१२

नेपाली कांग्रेसका चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएका छन् ।

महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै विजयी भएका हुन्। २०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराएका थिए । उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छन् । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित भएकी हुन्।

अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ । यस्तै काठमाडौ महानगरको मतगणना पुनः गर्न एकीकृत समाजवादीबाट उपमेयरको उम्मेदवारले माग गरेका छन् ।