वीरगञ्ज महानगरको मेयरमा र उमेयरमा जसपा र कांग्रेसका उम्मेदवार विजयी

१० जेष्ठ २०७९, मंगलवार १२:३३

वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपा र उमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम विजयी हुन्। सिंहले निकटतम प्रतिस्पर्धीलाई २२ हजार ४ सय ४४ मतान्तरले पराजित गरेका थिए।

सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गरेका थिए् भने वीरगञ्ज महानगरका निवर्तमान मेयर विजय सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरेका थिए। यस्तै राष्ट्रिय जनता पार्टीका गिरिश गिरीले ३ हजार ३ सय १३ मत ल्याएका थिए।

उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाउँदा उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ९ हजार ५ सय ६८ मत प्राप्त गरेका थिए। राप्रपाकी चबना जैसवालले ५ हजार ९ सय ८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९ सय ९ मत पाएका थिए।

वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र दुई वटामा लोसपाले जितेको छ ।
भरतपु महानगरको मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।