भरतपुर महानगरपालिकामा रेणु दाहालको जित सुनिश्चित

१० जेष्ठ २०७९, मंगलवार १०:२७

भरतपुर महानगरपालिकामा गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालको जित सुनिश्चित भएको छ।

१ लाख १९ हजार २५३ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार रेणु दाहालले ४८ हजार ३०५ मत प्राप्त गरेकी छन्।
निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३६ हजार ५६५ मत पाएका छन्। सुवेदी रेणुभन्दा करिब १२ हजार मतले पछाडि छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ५४२ मत पाएका छन्।
उपमेयरतर्फ गठबन्धन उम्मेदवार चित्रसेन अधिकारीले ४९ हजार २१४ मत पाएका छन्। निकटतम प्रतिद्वन्दी राप्रपाकी हिमला गुरुङले २८ हजार ४०४ मत पाएकी छन्।

भरतपुरमा वडा २७ को मतगणना जारी छ। २६ नम्बर वडामा माओवादी केन्द्र विजयी भइसकेको छ।