नेपाल बंगलादेश (एनबी) बैंकलाई नबिल बैंकमा गाभेपछिको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङगाना हुने भएका छन् । शनिबार भएको नबिल बैंकको विशेष साधारण सभाले ढुङगानालाई प्रमुख कार्यकारीको जिम्मेवारी दिने सम्झौता स्वीकृत गरेपछि निश्चित भएको हो ।
नबिल बैंक र एनबी बैंकले शनिबार गाभ्ने/गाभिने प्रस्ताव पारित गर्नका लागि विषेश साधारण सभा गरेका थिए । सो सभाले दुबै संथालाई गाभ्ने/गाभिने स्वीकृत पनि दिइसकेको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल आगामी असार ७ गतेदेखि सकिँदैछ । उनी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा २०७५ असार ७ गते नियुक्त भएका थिए ।
बैंकिङ क्षेत्रमा ३ दशक बिताइसकेका ढुङ्गानाले १० वर्ष एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । गत पुस अन्तिम देखि एनबी बैंकबाट अवकाश भएका ढुङ्गानाको कुलिङ पिरियड सकिएपछि कार्यभार सम्हाल्ने छन् ।
