भरतपुर महानगरको पछिल्लो परिणामअनुसार गठबन्धनकी साझा उम्म्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।
रेनुले १ लाख ६ हजार ७३९ मत गणना हुँदा एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ७ सय १४ मतले अगाडि छिन् । उनले १ लाख ६ हजार ७३९मत गणना हुँदा रेनुले ४२ हजार ९ सय २८ मत प्राप्त गरेकी छन् भने सुवेदीले ३३ हजार २ सय १४ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ७१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ४४ हजार ४३९ मतका साथ अग्रस्थानमा छन् भने राप्रपाकी हिमला गुरुङले २६ हजार ३ सय ४ मत पाएकी छन् ।
यस्तै सुनसरी धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् ।
