गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयरमा साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छन् ।
उनले ८९ हजार ५०८ मतगणना गर्दा ३५ हजार ९८ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन् ।
उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १५ हजार ४२६ मतान्तरले राप्रपाकी हिमला गुरुङलाई पछाडि पारेका छन् । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गरेएकी छन्।
भरतपुर महानगरमा १७ वटा वडाको गणना सम्पन्न भइसकेको छ भने अन्य वडाको मतगणना जारी रहेको छ । भरतपुर महानगरमा २९ वटा वडामा स्थानीय तह निर्वाचन २०७९ मा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
