मेयर र उपमेयरमा एमालेका उम्मेदवार झापाको अर्जुनधारा नगरपालिकामा विजयी भएका छन् ।
अर्जुनधारा नगरपालिकाको मेयरमा बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली विजयी भएका हुन् ।
मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यलयले घोषणा गर्न बाँकी रहेको छ।
गोम्देनले काँग्रेसका रञ्जिता कार्की र पराजुलीले काँग्रेसकै दिपेश योञ्जनलाई पराजित गरेका हुन् ।
बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।
