काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको मत बढ्ने क्रम निरन्तर जारी रहेको छ ।
साह एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५३७ मतले अगाडि छन् पछिल्लो मत परिणाम अनुसार उनको मत संख्या ३४ हजार नाघेको छ ।
साहले ३४ हजार ५२ मत ल्याएका छन् भने स्थापितले १८ हजार ५१५ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १८ हजार ४३१ मत ल्याएकी छन् ।सिर्जना बालेनभन्दा १५ हजार ६३९ मतले पछि छन् । स्थापित र सिंहको मतान्तर मात्रै ८४ छ ।
यस्तै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेय बुटवल उपमहानगरपालिकाको नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि छन् ।
