प्रचण्ड र ईश्वर पोखरेलबीच खुमलटारमा के विषयमा छलफल भयो ?

७ जेष्ठ २०७९, शनिबार १३:१२

नेकपा्र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका नेता ईश्वर पोखरेल खुमलटार पुगेका छन् ।
प्रचण्डलाई भेट्न नेकपा एमालेका उपाध्यक्ष पोखरेल आज विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।

भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका स्रोतले बताएको छ । यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।

यस्तै एमालेको नेतृत्व तहबाट नै प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको माओवादी केन्द्रनिकट उच्च स्रोतको दाबी छ ।