मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार मत कटाएका छन् ।
आज बिहान ७ बजेसम्म ५१ हजार ६५ मत गणना हुँदा धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले २२ हजार ५४१ मत प्राप्त गरेका छन्। करिब १४ हजार ६५० मत गणना हुन बाँकी रहेको छ।
निकटम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर ओडले ११ हजार ५४४ मत प्राप्त गरेका छन्। हमाल ओडभन्दा १० हजार ९९७ मतले अगाडि छन्। उनले सत्तारुढ गठबन्धनलाई टक्कर दिएका छन्। यता एमालेका रणबहादुर चन्दले ६ हजार ४२३ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी कन्दकला रानाले १० हजार ८८० मत प्राप्त गरेर अग्रता लिइरहेकी छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले १० हजार ७०३ मत प्राप्त गरेकी छन् पछिल्लो मत परिणाममा एमालेकी राना मत गणनामा अग्रता लिएकी हुन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले अग्रता लिएका छन् ।
