नेकपा (एमाले)का उम्मेदवारले मेयर र उपमेयर दुवै पदमा अग्रता लिएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले अग्रता लिएका हुन् । खड्काले २५ हजार ६८३ मत गणना हुँदा सम्ममा गठबन्धनतर्फबाट कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई ७१ मत पछाडि पार्दै अग्रता लिएका हुन्। खड्काले १० हजार ६०५ मत र गिरीले १० हजार ५३४ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा चौधरीले नौ हजार ९१७ मत पाएकी छन् भने गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गरेका छन्। तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको छ।
