६० हजार ६१२ मत गणना हुँदा रेणु दाहाल कति मतले अगाडि छिन् ?

७ जेष्ठ २०७९, शनिबार ०७:३०

सत्ता गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले शनिबार बिहानसम्ममा २७ हजार ७८ मत पुर्‍याएकी छन्।

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले शनिबार बिहानसम्ममा २७ हजार ७८ मत पुर्‍याएकी हुन्। सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणुलाई टिकट दिएपछि कांग्रेस नेता जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवार बनेका थिए ।

स्वतन्त्र उम्मेदवार बनेका पौडेलले  ९ हजार ४१४ मत ल्याएका छन्। दाहालको निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन्। ६० हजार ६१२ मत गणना हुँदा रेणुले ५ हजार १८ मतको अग्रता कायम गरेकी छन्।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले २९ हजार १३२ मत पाउँदा प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १७ हजार १६६ मत प्राप्त गरेकी छन्।

यस्तै वडाध्यक्ष १५ मा ९३३ मत गणना हुँदा रुखमा ४५१, सूर्यमा १८६, भुइँकटहरमा १६० र हलो १२८ मा खसेको छ । वडाध्यक्ष १६ मा ११११ मत गणना हुँदा रुखमा ६७३ र सूर्य २०४ मत खसेको छ ।